तपाईँ सुन्दै हुनुहुन्छः

झापामा एक वर्षको विपद् घटना: ११ जनाको मृत्यु, २२ करोडभन्दा बढीको क्षति

भद्रपुर, झापा । झापामा आर्थिक वर्ष २०८२/०८३ मा प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु भएको छ भने २२ करोड ७४ लाख ६० हजार नौ सय ५९ रुपैयाँ बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार उक्त अवधिमा जिल्लामा ३५९ वटा विपद्का घटना अभिलेख भएका थिए । ती घटनामा ३७ जना घाइते भएका थिए ।

उक्त अवधिमा १५६ वटा आगलागीका, जङ्गली हात्ती र वन्यजन्तुको आक्रमणका ९४, हुरीका ५२, बाढी तथा डुबानका ३५ र चट्याङका २२ घटना भएका थिए ।

विपद्का कारण आगलागीमा दुईजना, जङ्गली जनावरको आक्रमणबाट छ जना, हुरीमा एक जना र चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो । प्राकृतिक विपद्का विभिन्न घटनामा ८ हजार नौ सय १४ वटा चौपाया तथा पशुपन्छी मरे भने हुरीबाट तीन हजार २० र आगलागीबाट पाँच हजार छ ६२ पशुपन्छी हताहत भएका थिए ।

आगलागीबाट रु १५ करोड २२ लाखभन्दा बढी र बाढी–डुबान तथा हावा–हुरीबाट रु.छ करोड ३४ लाख बराबरको क्षति भएको सूचना अधिकारी अवाले जालकारी दिनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button