सफारी र स्कारपियो ठोक्किँदा महिलाको मृत्यु
झापा । झापाको मेचीनगर नगरपालिका–१५ कालिकास्थित भित्री सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।
काँकडभिट्टाबाट भद्रपुरतर्फ आउँदै गरेको प्रदेश १–०१–००२ ह ७८०५ नम्बरको सिटी सफारी र विपरीत दिशाबाट जाँदै गरेको डिभिजन वन कार्यालय झापाको बागमती प्रदेश ०१–००२ झ ७३६० नम्बरको स्कार्पियो एकआपसमा ठोक्किँदा मेचीनगर–१५ निवासी ४० वर्षीया आरती उराउको उपचारका क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनामा फरार भएका स्कारपियो चालक भद्रपुर नगरपालिका–१० निवासी ५४ वर्षीय लीला श्रेष्ठलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्