नेपालगञ्जमा खेलाडीहरु सम्मानित
नेपालगञ्ज । नेपालगञ्जस्थित महेन्द्र पुस्तकालय अन्तर्गतको सामाजिक सरोकार उपसमितिको आयोजना र जुमा स्पोर्ट्स क्लब नेपालगञ्जको सहकार्यमा बाँकेका २१ जना खेलाडी तथा खेलकर्मीहरूलाई सम्मान गरिएको छ ।

सामाजिक सरोकार उपसमितिका संयोजक नरेन्द्रजंग पिटरको अध्यक्षता तथा पूर्व युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, प्रदेश सभा सदस्य अम्बिका काफ्ले, लुम्बिनी प्रदेश सरकारका पूर्व मन्त्री कृष्णा केसी नमुना, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट समेतको आतिथ्यतामा भएको उक्त कार्यक्रममा खेलाडी तथा खेलकर्मीहरूलाई कदर पत्रसहित सम्मान गरिएको हो । सम्मानितहरूलाई पूर्व खेलाडी समाज नेपालगञ्जका अध्यक्ष प्रकाशबहादुर श्रेष्ठ, महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादव, वरिष्ठ साहित्यकार सनत रेग्मी तथा पूर्व युवा तथा खेलकुद मन्त्री गहतराजले कदर पत्र हस्तान्तरण गर्नुभएको थियो ।
कदर पत्रसहित सम्मानित हुनेहरूमा रतन कुमार टण्डन, अशोकजंग थापा, अजित कुमार शर्मा, सुरेन्द्र बहादुर हमाल, सच्चिदानन्द चौवे, समसुद्दीन सिद्धिकी, पार्वती थापा, अनिता श्रेष्ठ, लेख बहादुर क्षेत्री हुनुहुन्छ । यसैगरी चन्द्र बहादुर गुरुङ, गोविन्द प्रसाद श्रेष्ठ, राकेश श्री वास्तव, गोबर्धन सिंह सम्झना, शान्ति सिंह क्षेत्री, विक्रम जंग थापा, जयन्त कुमार शर्मा, राजुराज शाही, टीएस ठकुरी, नेरी थापा, डा। प्रतीक श्रेष्ठ, सन्तोष काजी शाक्यलाई पनि कदर पत्र प्रदान गरिएको छ । सम्मानित हुनेहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरू हुन् ।








प्रतिक्रिया राख्नुहोस्