तपाईँ सुन्दै हुनुहुन्छः

रास्वपा रुपन्देहीको सभापतिमा महेन्द्र उपाध्याय विजयी

रुपन्देही। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको सभापतिमा महेन्द्र उपाध्याय विजयी हुनुभएको छ।

निर्वाचनमा उपाध्यायले २९६ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी आशिष न्यौपानेले १४३ मत प्राप्त गर्नुभएको थियो। न्यौपाने यसअघि पार्टीको जिल्ला उपसभापति रहनुभएको थियो भने उपाध्याय संगठन विभाग प्रमुखको जिम्मेवारीमा हुनुहुन्थ्यो।

उपसभापतिमा दुर्गाप्रसाद खनाल विजयी हुनुभएको छ। उहाँले २३८ मत प्राप्त गर्दा प्रतिस्पर्धी रचना क्षेत्रीले १८९ मत प्राप्त गर्नुभएको थियो। क्षेत्री यसअघि जिल्ला कोषाध्यक्ष रहनुभएको थियो।

सचिव पदमा ज्ञानेन्द्र पाण्डे विजयी हुनुभएको छ। उहाँले २३७ मत प्राप्त गर्दा प्रतिस्पर्धी मोहनविक्रम जिसीले २०३ मत प्राप्त गर्नुभएको थियो।

त्यसैगरी सहसचिवमा बाबुराम अर्याल २७९ मतसहित विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी प्रेमनारायण तिवारीले १३८ मत प्राप्त गर्नुभएको निर्वाचन समिति सदस्य गुनाराम घिमिरेले जानकारी दिनुभयो।

त्यस्तै, सदस्य पदमा शर्मिला आचार्य, राजबहादुर क्षेत्री, अनिता पन्थी, रामनाथ हरिजन, जमुना सापकोटा, विष्णुप्रसाद पौडेल, छविलाल शर्मा, विश्वनाथ शर्मा र शेषकान्त गैरे निर्वाचित हुनुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button