तपाईँ सुन्दै हुनुहुन्छः

बर्दिबासमा वन कार्यालयको गाडीमा आगजनी, बीपी राजमार्ग अवरुद्ध

महोत्तरी ।महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानी स्थित बीपी राजमार्गमा जिल्ला वन कार्यालयको गाडीमा आगजनी गरिएको छ । जिल्ला वन कार्यालयका कर्मचारी सवार बा २ झ २७४९ नम्बरको गाडीमा आगजनी भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

सोमबार कालापानी क्षेत्रमा रहेको बस्ती खाली गराउन सूचना टाँस गर्न पुगेका जिल्ला वन कार्यालय महोत्तरीका कर्मचारी सवार गाडीमा स्थानीयले गएराति प्रदर्शनका क्रममा आगजनी गरेका हुन् ।

वन क्षेत्रमा रहेको बस्ती हटाउन पुगेका वन कार्यालयका कर्मचारीलाई स्थानीयले नियन्त्रणमा लिएर सोमबार साँझदेखि बीपी राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शन उग्र बनेपछि गाडीमा आगजनी भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

वन कार्यालयका कर्मचारीलाई भने प्रहरीले उद्धार गरेको जनाएको छ । स्थानीयको प्रदर्शनका कारण अहिले पनि बीपी राजमार्ग अवरुद्ध रहेको स्थानीय रोशन कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button