राष्ट्रियसभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल: ‘नीति स्पष्ट र परिणाममुखी हुनुपर्ने’ सांसदहरूको जोड

काठमाडौँ I राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।
छलफलको क्रममा सांसदहरुले संघ, प्रदेश र स्थानीय सरकार बीचको सम्बन्ध तथा समन्वयलाई अझ सुदृढ बनाउन प्रभावकारी व्यवस्था र एमसीसी तथा बीआरआइ जस्ता अन्तर्राष्ट्रिय सहकार्यका विषयलाई नीति तथा कार्यक्रममा स्पष्ट रूपमा समेटिनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा सांसदहरूले किसानको आत्मनिर्भरता तथा उत्पादन वृद्धि, युवा रोजगारी तथा राष्ट्रिय गौरवका आयोजनाको विकासका लागि लगानी सुनिश्चित गर्ने ठोस कार्यक्रम नसमेटिएको भन्दै प्रस्तुत नीति तथा कार्यक्रम दिशाहीन रहेको बताउनुभयो ।
सांसदहरूले निमुखा जनताको सुरक्षा सुनिश्चित गर्नुका साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी गर्ने स्पष्ट व्यवस्था समेत नीति तथा कार्यक्रममा समेटिनुपर्नेमा जोड दिनुभयो ।
यस अघि शून्य समयमा बौल्नुहदै सांसदहरुले भूमिहीन सुकुम्वासीहरूको उचित व्यवस्थापन, अपाङ्ग तथा पिछडिएका समुदायहरूको अधिकारको संरक्षण, महँगी नियन्त्रण, सडक दुर्घटना न्यूनीकरण, सवारी साधनको गुणस्तर परीक्षण र नियमित निरीक्षणका लागि स्पष्ट योजना बनाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्