इलाम गोल्डकप : मच्छिन्द्र क्लब सेमिफाइनलमा
इलाम । इलाममा जारी तेस्रो इलाम गोल्डकपअन्तर्गत सोमबार भएको खेलमा मच्छिन्द्र फुटबल क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ।

मलेसियाको एन पेनाङ क्लबलाई ट्राई ब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय ट्राई बेकरबाट गरिएको थियो। ट्राई ब्रेकरमा मच्छिन्द्रका सनिश श्रेष्ठ, मिलन चाम्लिङ र देवेन्द्र तामाङले गोल गरे। एन पेनाङका तर्फबाट ओलाए र पाउलले गोल गर्न सफल भए।
खेलको म्यान अफ द म्याच मच्छिन्द्रका गोलकिपर प्रदीप भण्डारी घोषित भए। उत्कृष्ट प्रदर्शन गर्दै उनले टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। उनले ट्रफीसहित नगद ८ हजार १ रुपैयाँ पुरस्कार प्राप्त गरे।
मङ्गलवार हुने अन्तिम क्वाटर फाइनल खेलमा एनआरटी र चित्लाङ फुटबल क्लब काठमाडौँबिच प्रतिस्पर्धा हुने आयोजक रेड हर्ष फुटबल क्लबले जनाएको छ।
बैशाख १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।







प्रतिक्रिया राख्नुहोस्