दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।
राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम यही चैत २७ गते शुक्रवारका दिन १५ः०० बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नु हुनेछ ।
राष्ट्रपतिले दुवै सदनका सदस्यहरूलाई उपस्थितिका लागि आह्वान पनि गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्