तपाईँ सुन्दै हुनुहुन्छः

‘शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकता दिएको छ’

धनगढी । शिक्षा विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । 

आज कैलालीको गेटामा पत्रकारहरूसँग कुरा गर्नुहुँदै मन्त्री पोखरेलले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो । 

मन्त्री पोखरेलले स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा)लाई स्वास्थ्य र शिक्षा विकासको प्रमुख केन्द्र बनाउने सरकारको लक्ष्य रहेको बताउनुभयो । उहाँले विश्वविद्यालय (गेटा)मा ढिलो नगरी शैक्षिक कार्यक्रम सञ्चालन हुने र त्यसका लागि सरकारले आवश्यक स्रोतसाधन, जनशक्ति, नीतिगत सहयोग प्रदान गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button