तपाईँ सुन्दै हुनुहुन्छः

खेलकुदप्रति आकर्षण बढाउनुपर्नेमा मन्त्री पोखरेलको जोड

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदप्रति युवालाई आकर्षित गर्नुपर्नेमा जोड दिँदै त्यस निम्ति विद्यालय, स्थानीय क्लब र गाउँस्तरबाट नै उनीहरूलाई  यसमा समाहित गर्नुपर्ने बताउनुभएको छ  ।

राष्ट्रिय खेलकुद परिषद्ले उहाँको सम्मान आज यहाँ  आयोजना गरेको कार्यक्रममा मन्त्री पोखरेलले खेलकुदका माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउने खेलाडी उत्पादन गर्न परिषद्लगायत खेलकुदसँग सम्बद्ध सङ्घसंस्था क्रियाशील हुनुपर्ने बताउनुभयो ।   

खेल क्षेत्रमा चुनौती र अवसर दुवै भएकाले बोलेर भन्दा पनि काम गरेर देखाउनु पर्ने बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) लाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

परिषद्का सदस्यसचिव रामचरित्र मेहताले राखेपको बोर्ड र कार्यसमितिको संरचना, कार्यक्षेत्र, बजेट, भौतिक पूर्वाधारको अवस्थालगायत परिषद्का गतिविधिबारे जानकारी गराउनुभयो ।

त्यसअघि मन्त्री पोखरेलले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा  निर्माणाधीन जेनजी पार्क, खेलकुद विज्ञान अनुसन्धान केन्द्रको निरीक्षण गर्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button