तपाईँ सुन्दै हुनुहुन्छः

सुख्खा पहिरोका कारण मेची राजमार्ग अवरुद्ध

Screenshot

इलाम । अहिले साँझ ६ बजेको समयमा जिल्ला इलाम, रोङ गाउँपालिका–४ बागखोरस्थित मेची राजमार्गमा सडक मर्मत भइरहेको स्थानमाथिबाट करिब ३०–४० मिटर माथिबाट ढुङ्गासहितको सुख्खा पहिरो झरेको छ।

पहिरोमा परेर इलामबाट झापा तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४३३४ नम्बरको गोलिया बोकेको ट्रक पुरिएको छ भने मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी किटेनी इलामबाट प्रहरी नायव निरीक्षक याम चन्द्र कार्कीको कमाण्डमा प्रहरी टोली खटिई घटनास्थल पुगेको थियो। प्रारम्भिक जानकारी अनुसार मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

हाल सडक खुलाउने कार्यका लागि आवश्यक पहल भइरहेको प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button