तपाईँ सुन्दै हुनुहुन्छः

विपद् व्यवस्थापनको पूर्वतयारीलाई सुदृढ बनाउन  गृहमन्त्री गुरुङको निर्देशन 

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले विपद् व्यवस्थापन टोलीको तालिमलाई व्यवहारिक बनाउन फिल्डमै अभ्यास गराउन सरोकारवालाहरूलाई निर्देशन दिनुभएको छ ।  

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबारमा आज भएको विपद् व्यवस्थापन तथा सुरक्षा अवस्था सम्बन्धी छलफलमा गृहमन्त्री गुरुङले विपद् व्यवस्थापनको पूर्वतयारीलाई सुदृढ बनाउन निर्देशन दिनुभयो ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै मन्त्री गुरुङले वर्षायाममा विपद्का कारण बढ्ने जोखिम न्यूनीकरण तथा नागरिकको ज्यान र जनधनको सुरक्षाका लागि विपद् व्यवस्थापनको पूर्वतयारी सुदृढ गर्न लागिएको बताउनुभयो । 

विपद्का कारण हुने जनधनको क्षति न्युनिकरण गर्न व्यवहारिक शिक्षा र जनचेतना आवश्यक रहेको औँल्याउँदै मन्त्री गुरुङले विद्यार्थीहरूका लागि विपद् न्यूनीकरण र व्यवस्थापनका आधारभूत सीप र प्राथमिक उपचार विद्यालय पाठ्यक्रममा नै समावेश गर्ने गरी व्यवस्थापन गरिने पनि बताउनुभयो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button