तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीद्धारा पद तथा गोपनियताको शपथ

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज आफ्नो पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।


राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक समारोहमा राष्ट्रपति समक्ष केसीले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रुपमा शपथ लिनुभएको हो । सांसद केसीले विहिबार नवनिर्वाचित सांसदहरुलाई सिंहदरबारस्थित निर्माणाधिन नयाँ संसद भवनमा शपथ गराउन हुनेछ ।


समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधिश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुखसहित उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button