बैतडीमा एक युवक मृत फेला
बैतडी। बैतडीमा एक युवकको मृत फेला परेका छन् । जिल्लाको पाटन नगरपालिका–३ गुजर बस्ने अन्दाजी २६ वर्षीय नरेश कोली मृत फेला परेका हुन् ।

पाटन–६ कै भिटानजिकै सुर्नया नदी किनारमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता सुरज सिंहले जानकारी दिनुभयो ।
मङ्गलवार घरबाट पाटन बजार किनमेलका लागि गएका र अबेरसम्म घर नआएपछि उनका दाइले प्रहरीलाई खबर गरेका थिए । खोजतलास गर्दा बुधवार बिहान ८ बजेतिर सुर्नया नदी किनारमा मृत फेला परेका उहाँले जानकारी दिनुभयो । “घर जाने क्रममा भिरबाट लडेर मृत्यु भएको बुझिएको छ, थप अनुसन्धान गरिरहेका छौ” प्रहरी निरीक्षक सिंहले भन्नुभयो ।
शवलाई पोस्टमार्टमको लागि अस्पताल ल्याइँदै छ ।








प्रतिक्रिया राख्नुहोस्