तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा चट्याङ लागेर चार चौपाया मरे

बैतडी। बैतडीमा चट्याङ लागेर पशुचौपाया मरेका छन् ।

पाटन नगरपालिका–१० बन्तडमा स्थानीय धर्मानन्द भट्ट र दीपकराज भट्टको घरमा गएराती १० बजेतिर परेको चट्याङले पशु चौपाया मरेका हुन् ।

हावाहुरी र पानीसँगै परेको चट्याङ लागेर स्थानीय धर्मानन्द भट्टका दुई बाख्रा र दीपकराज भट्टका एक गाई र गोरु मरेका स्थानीय भोजराज भट्टले बताउनुभयो ।

चट्याङ लागेर विद्युतको मिटर बक्समा समेत क्षति पुगेको बताइएको छ । चट्याङ लागेर पशुचौपायमा क्षति भएको जानकारी आएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button