पर्सामा १६ हजार ४ सय ३० मत बदर
वीरगञ्ज। हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पर्सा जिल्लामा १६ हजार ४ सय ३० मत बदर भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार जिल्लाभर खसेको कुल मतको ६.३३ प्रतिशत मत बदर भएको हो । जनचेतनाको कमी तथा निर्वाचनबारे कम प्रचारप्रसारका कारण मतपत्र बढी बदर भएको कार्यालयले जनाएको छ ।
जिल्लाभरका चार वटै निर्वाचन क्षेत्रमा कुल २ लाख ५९ हजार २ सय ६४ मत खसेको थियो । जसमध्ये १६ हजार ४ सय ३० मत बदर भएको मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीले जानकारी दिनुभयो ।
क्षेत्रगत रूपमा हेर्दा, पर्सा क्षेत्र नम्बर १ मा ४ हजार ८१, क्षेत्र नम्बर २ मा ४ हजार ५ सय, क्षेत्र नम्बर ३ मा ४ हजार ७ सय ३० र क्षेत्र नम्बर ४ मा ३ हजार १ सय १९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गत २१ फागुनमा सम्पन्न निर्वाचनमा पर्साको क्षेत्र १ मा ६१ हजार ३०६, क्षेत्र २ मा ६५ हजार ८७८, क्षेत्र ३ मा ६७ हजार ११३ र क्षेत्र ४ मा ६४ हजार ९६७ मत खसेको थियो ।








प्रतिक्रिया राख्नुहोस्