तपाईँ सुन्दै हुनुहुन्छः

रास्वपा ३७ स्थानमा विजयी, ८२ स्थानमा अगाडि

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म ३४ क्षेत्रमा जित निकालेको छ । दिउसो १ः४० बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले ३७ निर्वाचन क्षेत्रमा जित हासिल गर्दै ८२ क्षेत्रमा अग्रता हासिल गरिरहनुभएको छ । त्यस्तै समानुपातिक तर्फ २ लाख ०९ हजार ९ सय ७० मत गन्दा १ लाख १३ हजार ९३९ मत प्राप्त गरेको छ ।

त्यस्तै नेपाली काँग्रेसले ५ ठाउँमा जित हासिल गर्दै १० ठाउँमा अग्रता लिएको निर्वाचन आयोगले जनाएको छ भने समानुपातिकतर्फ ३४ हजार ९ सय २५ मत प्राप्त गरेको छ ।

यसैगरी नेकपा एमालेले २ स्थानबाट जित हासिल गर्दै ८ स्थानमा अग्रता लिएको छ भने समानुपातिकतर्फ २५ हजार ६ सय ५० मत प्राप्त गरेको छ ।

साथै नेपाली कम्युनिष्ट पार्टीले २ स्थानमा जित हासिल गर्दै ८ स्थानमा अग्रता लिएको छ भने समानुपातिकतर्फ ८ हजार ६ सय ३८ मत प्राप्त गरेको छ । 

त्यस्तै स्वतन्त्रबाट महावीर पुनले म्याग्दीबाट जित हासिल गर्नुभएको छ । श्रम संस्कृति पार्टीले हालसम्म ४ स्थानबाट अग्रता लिनुका साथै समानुपातिक तर्फ ५ हजार ९ सय ७० मत प्राप्त गरेकाे छ भने राप्रपाले १ स्थानबाट अग्रता लिनुका साथै समानुपातिक तर्फ १० हजार १ सय निर्वाचन आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button