तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीका ४ क्षेत्रमा रास्वपा उम्मेदवारको फराकिलो अग्रता

रुपन्देही । रुपन्देहीका पाँच वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. १,२,३ र ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले फराकिलो अग्रता बनाएका छन् ।

१ मा सुनिल लम्सालले राप्रपाका प्रज्वल बोहोरा भन्दा करिब ४ हजार फराकिलो मतान्तरमा अग्रता लिइरहनुभएको छ । क्षेत्र नं २ मा सुलभ खरेलले एमालेका विष्णु पौडेलभन्दा करिब पाँच दोब्बर बढी मतले अग्रता बनाउनुभएको छ । 

क्षेत्र नं ३ मा डा लेखजंग थापा र क्षेत्र नं ५ मा तौफिक अहमद खानले धेरै फराकिलो मतान्तरले अग्रता बनाउनुभएको छ । त्यसैगरी क्षेत्र नं ४ मा भने एमालेका प्रमोद यादवले झिनो मतले अग्रता लिनुभएको छ । यादवलाई कांग्रेसका आशुतोष मिश्रले पछ्याइरहनुभएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ मा देवदह आदर्श बहुमुखी क्याम्पस सित्तलनगर, क्षेत्र नम्बर २ मा बुटवल उपमहानगरपालिका–११, देवीनगरस्थित वडा कार्यालय, क्षेत्र नम्बर ३ मा भैरहवास्थित भैरहवा नमुना माध्यमिक विद्यालय, क्षेत्र नम्बर ४ मा कोटहीमाई गाउँपालिकाको कार्यालयको सभा हल, तथा क्षेत्र नम्बर ५ मा गैडहवा गाउँपालिका कार्यालयमा मतगणना भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button