तपाईँ सुन्दै हुनुहुन्छः

रास्वपाको प्रवक्ता झालाई १२ हजारको अग्रता

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा मतगणना भइरहेका अधिकांश ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता लिनुभएको छ ।

मधेश प्रदेशको राजधानीका अधिकांश भागहरू रहेका धनुषा निर्वाचन क्षेत्र नंं ३ मा सुरुदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार एवं पार्टीका केन्द्रीय प्रवक्ता मनिष झाले अग्रता लिनुभएको हो । उहाँले विभिन्न पालिकाको १५ वडाहरूको मतगणना गर्दा १२ हजार भन्दा बढीले अग्रता लिइरहनुभएको छ ।

पछिल्लो मतगणनाको विवरण अनुसार रास्वपाका उम्मेदवार झाले १८ हजार ७ सय ३२ मतसहित अग्र स्थानमा रहनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार विमलेन्द्र निधिले ६ हजार १ सय ७१ मत सहित पछ्याई रहनुभएको छ ।

धनुषाको निर्वाचन क्षेत्र नंं १ मा रास्वपाका उम्मेदवार किशोरी साह कमलको मतका विषयमा निर्वाचन अधिकृत मनोज बरालले अन्तिम निर्णयका लागि निर्वाचन आयोगमा निर्देशनका माग गरेपछि आयोगले छुट्टै लगत खडा गर्नका लागि निर्देशन दिएपछि मतगणना शुरु हुन लागेको छ ।  

निर्वाचन क्षेत्र नंं ४ र २ मा पनि रास्वपाको अग्रता कायम छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button