तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ-६ मा रास्वपाका खनालको फराकिलो अग्रता कायमै

काठमाडौँ । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नम्बर ६ मा अहिलेसम्मको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले १६ हजार ७ सय ३६ मतका साथ अग्रस्थानमा रहनुभएको छ ।

यसैगरी नेपाली काँग्रेसका कृष्ण बानिया क्षेत्री ४ हजार १ सय ७१ मत प्राप्त गरी दोस्रो स्थानमा रहनुभएको छ ।

यस्तै नेकपा एमालेका अमन कुमार मास्केले २ हजार २ सय ५०, नेपाली कम्युनिष्ट पार्टीका हेमलाल शर्माले ५ सय ३६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धवराज भेटवालले १ सय ७  मत  प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत चपला पोख्रेलले जानकारी दिनुभयो । मतगणना जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button