निर्वाचन सम्पन्न भएकोमा प्रधानमन्त्रीद्वारा धन्यवाद ज्ञापन
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन उत्साहजनक सहभागिताका साथ ऐतिहासिक रूपमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गरी मुलुकलाई लोकतान्त्रिक र संविधानसम्मत निकास दिन सफल भएकामा सम्पूर्ण नेपाली जनतालाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत निर्वाचन आयोगको कुशल नेतृत्व, सुरक्षाकर्मीहरूको उच्च मनोबल र राष्ट्रप्रतिको वफादारिता, मन्त्रिपरिषद्का सदस्य तथा राष्ट्रसेवक कर्मचारीहरूको लगनशीलता, राजनीतिक दल र उम्मेदवारहरूको सकारात्मक सहयोग, अन्तर्राष्ट्रिय समुदायको साथ र समर्थन तथा सञ्चार माध्यमको जिम्मेवार खबरदारीका लागि उच्च सम्मान व्यक्त गर्नुभएको छ ।
आन्दोलनका सहिद, घाइते योद्धा तथा आन्दोलनकारी नवयुवाको त्याग, संयम, समझदारी र लोकतन्त्रप्रतिको समर्पणका साथै राष्ट्रपतिको अभिभावकीय भूमिकाका लागि पनि कृतज्ञता व्यक्त गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्