तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुरमा आजैदेखि मतगणना गरिने

भक्तपुर । भक्तपुरका दुवै क्षेत्रमा आजदेखि मतगणना गरिने भएको छ । 

भक्तपुर क्षेत्र नं १ को मतगणना खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा र क्षेत्र नं २ को मतगणना मध्यपुरथिमिको बोडेस्थित कृषि विकास बैङ्कको तालिम केन्द्रमा मतगणनाको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । 

जिल्लाका सबै मतदान केन्द्रबाट मुचुल्का बनाएर मतपेटिका सम्बन्धित मतगणनास्थलमा ल्याउने काम सकिएको उल्लेख गर्दै उहाँले सर्वपक्षीय बैठक बसी मतगणना सुरु गरिने बताउनुभयो । 

मतगणना हुने दुवै स्थानमा तारजाली, सिसी क्यामेरासहितको सुरक्षित रुपमा व्यवस्थापन गरिएको छ । दुवै मतगणनास्थलमा एकै पटक चार÷चार पकेटमा मतगणना गर्नेगरी तयारी गरिएको छ । 

भक्तपुरका दुई निर्वाचन क्षेत्रका ७६ मतदान स्थलका २३३ मतदान केन्द्रमा कूल ७१ दशमलव ४६ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button