निर्वाचनमार्फत देशले निकास पाएकोमा राष्ट्रपतिद्वारा सन्तोष व्यक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिपूर्ण रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएर मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष व्यक्त गर्नुभएको छ ।
उहाँले यो निर्वाचन सफल बनाउन सक्रिय सरकार, निर्वाचन आयोग, सुरक्षाकर्मी, राजनीतिक दल, आम मतदाता, राष्ट्रसेवक कर्मचारी र सम्बद्ध सबै पक्षसहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा धन्यवाद प्रकट गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्