तपाईँ सुन्दै हुनुहुन्छः

झापामा ६५ प्रतिशत मतदान

झापा । झापाका पाँचै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म ६५ प्रतिशत हाराहारीमा मतदान भएको छ ।

जिल्लामा तीन अस्थायी र २८५ मतदान स्थलको ८१५ मतदान केन्द्रमा मतदान भएको थियो । जिल्लामा ७ लाख १३ हजार ५३७ मतदाता रहेका छन् । अहिले मतपेटिका सङ्कलनको काम धमाधम भइरहेको छ । ६५ प्रतिशतको हाराहारीमा मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ । 

झापामा २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भन्दा यो निर्वाचनमा कम मत खसेको छ । ०७९ को निर्वाचनमा ७०.४७ प्रतिशत मतदान भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button