तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा ५५ प्रतिशतभन्दा बढी मतदान

मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरमा करिब ५५ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख बसन्त अधिकारी का अनुसार साँझ ५ बजेसम्म मतदानको समय तोकिए पनि केही स्थानमा मतदाताहरू लाइनमा रहेकाले अन्तिम तथ्याङ्क आउन अझै केही समय लाग्नेछ। “हामी तथ्याङ्क सङ्कलन गरिरहेका छौँ, तर हालसम्म ५५ प्रतिशतभन्दा बढी मतदान भएको सुरक्षा निकायले जानकारी दिएका छन्,” उहाँले बताउनुभएको छ।

दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन्।

मतदान सम्पन्न भएसँगै विभिन्न मतदान केन्द्रबाट मतपेटिकाको मुचुल्का तयार गरी सिलबन्दी गर्ने काम भइरहेको छ। निर्वाचन अधिकृतको निर्देशनअनुसार मतपेटिकालाई सुरक्षित रूपमा सिलबन्दी गरी सुरक्षाकर्मीको निगरानीमा तोकिएको मतगणना केन्द्रतर्फ पठाउने तयारी गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button