भक्तपुरमा ७० प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक विवरण
भक्तपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत भक्तपुरमा ७० प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले अन्तिम तथ्याङ्क आउन केही समय लाग्ने बताउँदै जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको जानकारी दिनुभयो ।
मतदान सम्पन्न भएसँगै अहिले मतपेटिका मुचुल्का तयार गरी सिलबन्दी गर्ने र सङ्कलन गर्ने काम सुरु गरिएको प्रशासनले जनाएको छ ।
यसैक्रममा राजनीतिक दलका प्रतिनिधिहरूलाई बोलाएर मतगणना स्थलको निरीक्षण समेत गराइएको छ ।
प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार आजै रातिदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ ।
शुक्रबार साँझसम्म अन्तिम मतपरिणाम सार्वजनिक गर्ने लक्ष्य राखिएको प्रशासनले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्