तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा मतदाता बोकेको गाडी दुर्घटना

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका ५ मा मतदाता बोकेको गाडी दुर्घटना भएको छ ।

निर्वाचन क्षेत्र न. ३ झोवाङमा ग १ ज ६६४३ नम्बर बुलेराे जिप सडकवाट खोचमा खसेको स्थानी शिव सुवेदीले जानकारी दिनुभयो । करिब ३ बजे तिर केही मतदाता बोकेर झोवाङ मतदान केन्द्रमा जाँदै गरेको उक्त वुलेरे सडकवाट खसेको बताइएको छ ।

 प्रत्यक्षदर्शी नवराज क्षेत्रीका अनुसार घाइतेहरूलाई पोखरा पठाइएको छ । यस बारे थप विवरण आउन वाकी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button