इलाममा ५४ प्रतिशत मतदान

इलाम । इलाममा जारी प्रतिनिधिसभा निर्वाचनमा हालसम्म ५४ प्रतिशत मतदान भएको छ।
जिल्लाका सबै मतदान केन्द्रहरूमा बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ। मतदाताहरू उत्साहपूर्वक मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।
जिल्ला प्रशासन प्रमुख लक्ष्मण ढकालले हालसम्म ५४ प्रतिशत मतदान भएको जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लाका सबै मतदान केन्द्रहरूमा मतदान शान्तिपूर्वक भइरहेको छ र हालसम्म कुनै अप्रिय घटना भएको छैन।
निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन प्रशासन तथा सुरक्षा निकाय परिचालित रहेका छन्।








प्रतिक्रिया राख्नुहोस्