कैलालीका पाँच निर्वाचन क्षेत्रमा २ लाख २२२ मत खस्यो
धनगढी । कैलालीमा २ लाख मत खसेको छ । अहिले सम्म कैलालीका पाँच वटै निर्वाचन क्षेत्रमा २ लाख २२२ मत खसेको प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले बताउनु भयो ।
पछिल्लो विवरण अनुसार निर्वाचन क्षेत्र न १ मा ३२ हजार ३०४ मत, क्षेत्र २ मा ३४ हजार ८१५ मत, क्षेत्र ३ मा ३३ हजार ८९१ मत, क्षेत्र ४ मा ४४ हजार ९३० र क्षेत्र ५ मा ५४ हजार २८२ मतदान भएको छ ।
कैलालीमा ६४१ मतदान केन्द्रमा मतदान जारी छ । कैलालीमा ५ लाख ५१ हजार मतदाता रहेका छन् । दिउसो सम्म कैलालीका अधिकांश मतदानस्थलमा मतदाताको लाइन देखिएपनि केही मतदान केन्द्रमा मतदाताको संख्या न्यून देखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्