तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङमा हालसम्म ४३ प्रतिशत मत खस्यो 

ताप्लेजुङ । प्रतिनिधिसभा सदस्य निर्वाचन ताप्लेजुङ शान्तिपूर्ण तवरले जारी रहेको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार २ बजे सम्ममा ४३ प्रतिशत मतदान भएको छ । हालसम्म पुरुष २० हजार ६ सय २८ र महिला १७ हजार ८ सय ९६ गरी कुल ३८ हजार ५ सय ५४ जनाले मतदान गरेका हुन ।

९० हजार ३ सय २७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । भौगोलिक जटिलता समेत रहेको ताप्लेजुङमा ८० मतदान स्थलमा १ सय २७ मतदान केन्द्र रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button