मालु मतदान केन्द्रमा मतदान स्थगित, स्थिति नियन्त्रणमा लिन हवाई फायर
दोलखा I आज बिहान ७ः०० बजेदेखि सुरु भएको मतदान प्रक्रियाअन्तर्गत दोलखाको तामाकोसी गाउँपालिकास्थित मालु मतदान केन्द्रमा मतदान करिब दुई घण्टादेखि रोकिएको छ ।
मतदान सुरु भएपछि उम्मेदवारका एजेन्ट र मतदान अधिकृतबीच विवाद उत्पन्न भएसँगै स्थिति तनावपूर्ण बनेपछि मतदान अस्थायी रूपमा स्थगित गरिएको हो ।
दोलखाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले मालु मतदान केन्द्रमा देखिएको विवाद समाधानका लागि हाल सर्वदलीय बैठक भइरहेको र सहमति जुटेपछि मतदान पुन सुरु गरिने जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेका अनुसार दोलखाका अन्य मतदान केन्द्रहरूमा भने मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ ।
मालु मतदान केन्द्रमा भएको विवादका क्रममा स्थिति नियन्त्रणमा लिन सुरक्षा निकायले हवाई फायरसमेत गरेको संवाददाता चिरञ्जीवी मास्केले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्