कैलालीमा ६ प्रतिशत मत खस्यो
धनगढी । कैलालीमा अहिलेसम्म् ६ प्रतिशत मत खसेको छ ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार कैलालीमा विहान ८ बजेसम्म ६ प्रतिशत मतदान भएको छ । जसमध्य निर्वाचन क्षेत्र न १ मा १२०१ मत, क्षेत्र २ मा ११९१ मत, क्षेत्र ३ मा १२६९ मत, क्षेत्र ४ मा ११६१ र क्षेत्र ५ मा ८३१ मत खसेको प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले बताउनु भयो । कैलालीमा ५ लाख ५१ हजार ५२ मतदाता रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्