तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा फलामे डण्डी जडित मतगणना स्थल तयार हुँदै, १० वटा सिसि क्यामरा जडान  

जुम्ला । जुम्लामा फलामे डण्डी जडित बलियो घेराबार सहित मतगणना स्थल तयार गरिएको छ । विगतका निर्वाचनको मतगणना भन्दा यसपाली विशेष सुरक्षाका साथ फलामे डण्डी सहितको मत गणना स्थल तयार गरिएको हो ।

२०७९ को निर्वाचनमा ग्यामिन तार जालीको प्रयोग गरेर मतगणना गरिएको थियो । भने ६ वटा मात्रै सिसि क्यामरा जडान गरिएका थिए । तर फागुन २१ गते हुने मतदानपछिको मतगणनालाई विशेष सुरक्षा दिन, पारदर्शी बनाउन १० वटा सिसि क्यामरा जडान सहितको मतगणना गरिएको छ । 

ग्रिल उद्योगका श्रमिकलाई प्रयोग गरी फलामकै डण्डी वल्डीङ गरेर बलियो घेराबार निर्माण गरिएको सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सीनाले बताउनुभयो । उहाँका अनुसार जिल्लाका ११० वटै मतदान केन्द्रको तयारी पूरा भइसकेको छ । 

मतगणना स्थलको तयारी अन्तिम चरणमा पुगेको छ, उहाँले भन्नुभयो, मतगणना स्थलको सुरक्षालाई निकै ध्यानमा राखेर हामीले घेराबार बलियो बनाएका छौ । मत पेटिका राखेका ठाउँदेखि गणना स्थल, एजेन्ट बस्ने ठाउँको सबै दृश्य देखिने १० वटा सिसि क्यामरा जडान गरिएको छ ।

साथै जिल्लाका ११० वटै मतदान केन्द्रको निर्माण भइसकेको छ ।  सर्वदलीय बैठक,मतदान केन्द्र निर्माण, स्वयम सेवकलाई नियुक्ति लगायतका सबै काम सम्पन्न भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button