तपाईँ सुन्दै हुनुहुन्छः

मौन अवधिमा नगदसहित जसपा उम्मेदवार अशेश्वर यादव पक्राउ

सिरहा। प्रतिनिधिसभा निर्वाचनको मौन अवधिका बीच जनता समाजवादी पार्टी नेपाल (जसपा) का सिरहा क्षेत्र नं-३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन्। नगदसहित फेला परेपछि उनीसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२:३० बजे शिवचोकमा संयुक्त सुरक्षा टोलीले चेकजाँचका क्रममा रोकेको थियो। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गाडी जाँच गर्दा ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएको थियो। रकमको स्रोत खुल्न नसकेपछि उम्मेदवार यादवसहित गाडीमा सवार पाँच जनालाई नियन्त्रणमा लिइएको जनाइएको छ।

प्रहरीले गाडीबाट मतपत्रसमेत फेला परेको दाबी गरेको छ। बरामद नगद र सामग्रीबारे विस्तृत अनुसन्धान भइरहेको छ।

नियन्त्रणमा लिइएकालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button