तपाईँ सुन्दै हुनुहुन्छः

स्थायित्व र समृद्धिका लागि निर्वाचनमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि निर्वाचनमा सहभागी हुन सबै मतदातालाई आग्रह गर्नुभएको छ ।

आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले फागुन २१ गते बिहीबारका दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्न सबैलाई अपिल गर्नुभयो । 

प्रधानमन्त्री कार्कीले भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र नभई यो आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय भएको पनि बताउनुभयो ।

प्रधानमन्त्री कार्कीले निर्वाचनको सँघारमा सबैलाई शान्ति र अमनचयन कायम राख्न अनुरोध समेत गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button