प्रजातन्त्र दिवस: प्रधानमन्त्री कार्कीद्वारा भयमुक्त निर्वाचन सुनिश्चित गर्ने प्रतिबद्धता

काठमाडौँ I ७६औँ राष्ट्रिय प्रजातन्त्र दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल उपस्थितिमा काठमाडौँको टुडीखेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते तोकिएकै मितिमा भयमुक्त र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न हुने सुनिश्चित भएको बताउनुभयो ।
उहाँले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न गरी मुलुकलाई दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगको ढोका उघार्ने प्रयत्नमा लागिरहेको बताउनुभयो ।
उहाँले यस निर्वाचनबाट आउने संसद् र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने विश्वास लिएको पनि बताउनुभयो ।

प्रधानमन्त्री कार्कीले प्रजातन्त्र आममानिसको मुहारमा झल्कनुपर्ने भन्दै युवालाई तिरष्कार गरेर कुनै राष्ट्र शान्त रहन नसक्ने र असन्तोषलाई दबाएर नभई सम्बोधन गरेर मात्र राष्ट्र अघि बढ्न सक्ने बताउनुभयो ।
उहाँले लोकतन्त्र एउटा प्रक्रिया मात्र नभएकाले लोकतन्त्रले नतिजा दिनुपर्ने भन्दै विधिको शासन आवश्यक रहेको औँल्याउनुभयो ।
समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधान न्यायाधीश प्रकाशमा सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाल सरकारका मन्त्रीहरू, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुखहरू, उच्चपदस्थ सरकारी कर्मचारीहरूको सहभागिता रहेको थियो ।
प्रधानमन्त्री सुशीला कार्कीको सम्बोधन (पुर्ण पाठ)







प्रतिक्रिया राख्नुहोस्