तपाईँ सुन्दै हुनुहुन्छः

स्कुल बस दुर्घटनामा २३ विद्यार्थी घाइते

बागलुङ । बागलुङ बजारमा स्कुल बस दुर्घटना हुँदा २३ विद्यार्थी घाइते भएका छन् । 

बागलुङ नगरपालिका–१ रामरेखादेखि रातामाटातर्फ जाँदै गरेको ‘न्यू एभरेष्ट बोर्डिङ स्कुल’को ग ३ च ८६२१ नम्बरको बस आज दुर्घटना भएको हो । दुर्घटनाका घाइतेलाई उपचारका लागि धौलागिरि अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले जनाकारी दिनुभयो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । 

उक्त स्कुल बस मध्यपहाडी लोकमार्गबाट करिब ६० मिटर तल खसेको सहायक प्रजिअ बरालले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button