राष्ट्रियसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ। राष्ट्रियसभाको आजको र बैठकमा सांसदहरूले निर्वाचन सुरक्षा, कालोबजारी नियन्त्रण र सडक सुरक्षालगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
सभाको शून्य समयमा सांसदहरूले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा दिनप्रतिदिन विभिन्न घटनाहरू बढिरहेको भन्दै निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने गरी सुरक्षा व्यवस्था कायम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।
चुनावको सम्मुखमा दैनिक उपभोग्यवस्तुको कृत्रिम अभाव सिर्जना गराएको भन्दै त्यसको अनुगमन गरी मूल्यवृद्धि र कृत्रिम अभाव गराउनेलाई कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्