रामेछाप बस दुर्घटना अपडेट: ८ जनाको मृत्यु, ४ जनाको अवस्था गम्भीर
काठमाडौँ । रामेछापको मन्थली नगरपालिका वडा न-६ मसाने टारमा आज यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जनाको अवस्था पुष्टिका लागि रामेछापको मन्थली अस्पताल लगिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिनुभयो ।
दुर्घटनामा परेका अन्य ८ जना घाइते मध्ये ३ जना धुलिखेल अस्पताल, १ जना तामाकोसी अस्पताल र ४ जना खुर्कोट अस्पतालमा उपचारका लागि लगिएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिनुभयो ।
काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस आज बिहान करिब ११ बजे सडकबाट ५० मिटर तल तामाकोसी नदीमा खसेको थियो ।
बस तामाकोसी नदीको बीचमा डुबेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिनुभयो ।
यात्रुवाहक बस दुर्घटना भएको स्थानमा उद्धार गर्न गोताखोर परिचालन गरिएको छ ।
बसमा कति यात्रु सवार थिए भन्ने अझै खुल्न सकेको छैन ।
बस चालकका अनुसार बसमा २० जनाभन्दा बढी यात्रु सवार रहेको र चालकको अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्