रामेछाप बस दुर्घटना: ५ जनाको अवस्था गम्भीर, मृतकको यकिन हुन सकेको छैन
काठमाडौँ। रामेछापको मन्थली नगरपालिककाे वडा न-६ मचाने टारमा आज यात्रुवाहक बस दुर्घटनामा परेका ५ जनाको अवस्था गम्भीर रहेको छ ।
दुर्घटनामा परि बेहोस भएका पाँच जनालाई रामेछापको मन्थली अस्पतालमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी भोला भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार बेहोस भएका यात्रुहरूको थप अवस्था खुलिसकेको छैन ।
काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश ३–०१–०० ख ९९७५ नम्बरको बस अज बिहान करिब ११ बजे सडकबाट ५० मिटर तल तामाकोशी नदीमा खसेको थियो ।
दुर्घटनामा घाइते भएका ८ जनालाई उपचारका लागि विभिन्न अस्पतालहरूमा पठाइएको डिएसपी भट्टले जानकारी दिनुभयो ।
बस तामाकोशी नदीको बीचमा डुबेको र थप विवरण आउन बाँकी रहेको प्रहरी कार्यालय रामेछापले जनाएको छ । बसमा कति यात्रु सवार थिए भन्ने खुल्न सकेको छैन ।






प्रतिक्रिया राख्नुहोस्