तपाईँ सुन्दै हुनुहुन्छः

विधायन व्यवस्थापन समिति बैठक: अन्तरतह समन्वय कमजोर, सुधार आवश्यक

काठमाडौँ। सांसदहरूले स्थानीय तहका कानुन निर्माण, छलफल तथा संशोधनका प्रक्रियाहरूमा समस्या देखिएकाले स्पष्ट मार्गदर्शन गर्न सबै स्थानीय तहमा कानुन अधिकृतको दरबन्दी आवश्यक रहेको औँल्याउनु भएको छ ।

राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको सिंहदरबारमा आजको बैठकमा सांसदहरूले अन्तरतह समन्वय कमजोर भएको र स्थानीय कानुन कार्यान्वयनमा माथिल्लो तहबाट अवरोध हुने अवस्था रहेकाले समस्या सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा समितिका सभापति तुलसाकुमारी दाहालले अन्तरतह विधायिकी अन्तरसम्बन्ध सम्बन्धी आगामी भ्रमणका क्रममा आन्तरिक पर्यटन प्रवर्द्धनको विषयलाई समेत प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । 

स्पष्ट कानुनी प्रक्रिया सहितको सङ्घीय कानुन नहुँदा प्रदेश र स्थानीय तहमा सेवा प्रवाह, सुशासन र विकेन्द्रीकरणका प्रक्रियाहरू प्रभावित भएको अन्तरतह विधायिकी अन्तरसम्बन्ध सम्बन्धी समितिले तयार पारेको मस्यौदा प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button