बैतडीमा १२ जनाको उम्मेदवारी दर्ता
बैतडी । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा १० दल र २ स्वतन्त्र गरी १२ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृत तीर्थराज भट्टका अनुसार बैतडीमा दश वटा राजनीतिक दल र दुई जना स्वतन्त्र गरी १२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

नेकपा एमालेका दामोदर भण्डारी, नेपाली कांग्रेसका चतुर बहादुर चन्द, राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपेन बहादुर चन्द, नेपाली कम्युनिष्ट पार्टीका परमानन्द भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका हरीमोहन भण्डारी, नेपाल मजदुर किसान पार्टीका नवराज कोइराला, श्रम संस्कृति पार्टीका गजेन्द्रराज पाण्डेय, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) रामबहादुर कुँवरले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै आम जनता पार्टीका विशन सिंह बोहरा र जनता समाजवादी पार्टीका आन सिंह भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।
दुई जनाले भने स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेस परित्याग गरेका तेजबहादुर चन्द र अर्का व्यक्ति जयप्रकाश पन्तले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
जिल्लामा मनोनयन दर्ता आयोगले तोकेको समयमै शान्तिपूर्ण रुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत तीर्थराज भट्टले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्