तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व प्रधानमन्त्री नेपालद्वारा रौतहट–१ बाट उम्मेदवारी दर्ता

रौतहट । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । नेता नेपालले दलबलसहित निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराउनुभएको हो ।

यसै निर्वाचन क्षेत्रमा नेकपा एमालेका तर्फबाट अजय गुप्ताले उम्मेदवारी दर्ता गराउनुभएको छ भने नेपाली कांग्रेसका अनिल झा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजेश साहले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button