तपाईँ सुन्दै हुनुहुन्छः

युवा संघका अध्यक्ष थेबेद्वारा ताप्लेजुङबाट मनोनयन दर्ता

ताप्लेजुङ । नेकपा एमालेका केन्द्रिय सदस्य तथा युवा संघका अध्यक्ष क्षितिज थेबेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङबाट मनोनयन दर्ता गराउनुभएको छ । 

एउटा मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा नेकपाका खेलप्रसाद बुढाक्षेत्री (पराग) ले मनोनयन दर्ता गराउनुभएको छ ।

ताप्लेजुङमा नयाँ र पुराना गरी १३ राजनीतिक दलले मनोनयन दर्ता गर्ने अनुमान गरिएको छ । 

जिल्लामा ९० हजार ३ सय २७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । भौगोलिक जटिलता समेत रहेको ताप्लेजुङमा ८० मतदान स्थलमा १ सय २७ मतदान केन्द्र तोकिएको छ । जिल्लामा ८० मतदान स्थलमध्ये २८ वटालाई अति संवेदनशील, २५ वटालाई संवेदनशील र २७ वटालाई सामान्य सूचीमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button