तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनका निम्ति शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध छ: गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनका निम्ति शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

सुरक्षा मामिलाका पत्रकारसँग गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री अर्यालले प्रदेशगत रूपमा सुरक्षा गोष्ठी गरेर एकीकृत सुरक्षा योजना कार्यान्वयन भएको जानकारी दिनुभयो । उहाँले भयरहित वातावरणमा निर्वाचन गराउन शान्ति सुरक्षाको सुदृढ व्यवस्था गरिने बताउनुभयो । 

विगतको तुलनामा हाल शान्ति सुरक्षाको स्थिति सुदृढ हुँदै गएको बताउँदै गृहमन्त्रीले शान्तिपूर्ण रूपमा निर्वाचन सफल पार्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको उल्लेख गर्नुभयो । उहाँले उच्च मनोबलका साथ  सुरक्षा निकाय कार्यक्षेत्रमा परिचालन भएका बताउनुभयो । 

सूचना प्रविधिको दुरुपयोग नियन्त्रण गर्न गृह प्रशासनको नेतृत्वमा टेलिकम, साइबर ब्युरो र सरोकार भएका निकायको सहभागितामा आवश्यकता व्यवस्था गरिएको जानकारी उहाँले दिनुभयो । 

गृह सचिव राजकुमार श्रेष्ठले एकीकृत सुरक्षा योजना पूर्ण कार्यान्वयन साथ निर्वाचनका निम्ति शान्ति सुरक्षा प्रभावकारी बनाइएको बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button