धनकुटामा मनोनयन दर्ता सुरु
धनकुटा। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनकुटामा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ।
मनोनयन दर्ता बिहान १० बजेदेखि नै सुरु भएको हो। हालसम्म नेपाल मजदुर किसान पार्टीका उत्तम शाखकर्मी, श्रम संस्कृति पार्टीका सानबहादुर राई र आम आदमी पार्टीका शिव थापाले मनोनयन दर्ता गरिसकेका छन्।
यसपछि सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई १२:३० बजे, नेपाल कम्युनिष्ट पार्टी एमालेलाई १ बजे, नेपाली कांग्रेसलाई १:३० बजे, नेपाली कम्युनिष्ट पार्टी २ बजे मनोनयनको समय तोकिएको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई २:३० बजे, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३ बजे, नेपाल कम्युनिष्ट पार्टी माओवादी (विप्लव)लाई ३:३० बजे, जनता समाज पार्टी नेपाललाई ४ बजे र मंगोल नेशनल अर्ननाइजेशनलाई ४:३० बजे मनोनयनको समय तोकिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनुभयो।
धनकुटामा पूर्व मन्त्री राजेन्द्रकुमार राईले एमालेबाट, नेपाली काँग्रेसका जिल्ला सभापति दिनेश राई, नेपाली कम्युनिस्ट पार्टीबाट पूर्व जिविस सभापति धर्मराज पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दिनेश भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विभत्सु थापाले मनोनयन गर्ने बताइएको छ।







प्रतिक्रिया राख्नुहोस्