उदयपुरमा ट्रक दुर्घटना : चालक र सहचालकको मृत्यु
उदयपुर । उदयपुरमा सवारी दुर्घटना परि चालक र सहचालकको मृत्यु भएको छ । जिल्लाको उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित मदन भण्डारी लोकमार्गमा आइतबार दिउँसो भएको सवारी दुर्घटनामा परी चालक र सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पश्चिम कटारीबाट पूर्व गाईघाटतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–०१ ख ०५०५ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल अधेरी खोलामा खसेको हो । दुर्घटनामा गम्भीर घाइते भएका चालक र सहचालकलाई उपचारका लागि जिल्ला अस्पताल गाईघाट ल्याइए पनि अपराह्न ४ः५० बजे अस्पतालले दुवै जनाको मृत्यु भएको जानकारी दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईँले जानकारी दिनुभयो ।
हालसम्म मृतक चालक तथा सहचालकको सनाखत हुन सकेको छैन । दुवै जना पुरुष रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्