तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधि मदर ट्रेसालाई

जनकपुरधाम । पाँचौँ अन्तर विद्यालय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मदर ट्रेसा पब्लिक स्कुलले जितेको छ । 

जनकपुरधामको बाह्र विघा मैदानमा भएको फाइनल खेलमा सिद्धार्थ शिशु सदनलाई १६ रनले पराजित गर्दै मदर ट्रेसाले उपाधि जितेको हो । ट्रेसाले दोस्रो पटक उक्त उपाधि जितेको हो । 

टस जितेर ब्याटिङ रोजेको ट्रेसाले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ८८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । ट्रेसाका लागि सुरज यादवले २५ बलमा १६ र धर्मराज यादवले १६ बलमा २६ रनको पारी खेलेका थिए । 

८८ रनको लक्ष्य पाएको सिद्धार्थ शिशु सदन जवाफी ब्याटिङ गर्दै ७१ रनमै अलआउट भएको थियो । सिद्धार्थका लागि आयुष यादव १६ बलमा ३० रन र सलमान नदाफ १० बलमा १५ रनको योगदान दिए । ट्रेसाका लागि बलिङ गरेका बलिङ गरेका रिसन झाले चार ओभरमा सात रन खर्चेर दुई विकेट र आर्दश यादवले चार ओभरमा ११ रन खर्चेर दुई विकेट लिएका थिए भने सिद्धार्थका लागि बलिङ गरेका आयुष यादव चार ओभरमा ११ रन खर्चेर चार विकेट र राहुल यादवले चार ओभरमा २० रन खर्चेर एक विकेट लिएका थिए । यस खेलको म्यान अफ द म्याच मदर ट्रेसाका सुरज यादव घोषित भएका थिए । 

प्रतियोगितामा वेष्ट बलर/फिल्डर र म्यान आफ द सिरिज सिद्धार्थका आयुष यादव भएका थिए । वेष्ट ब्याटर संकटमोचन स्कुलका निखिल मण्डल, एर्मजिङ प्लेयर न्यू आइडलका अभियान्सु सिंह, वेष्ट किपर मदर ट्रेसाका विकास विराज र फेयर प्ले अवार्ड न्यू आइडियल स्कुलले पाएका थिए । जनकपुर स्पोर्टस क्लब र न्यू भिजन नेपालले निरन्तर पाँच वर्षदेखि स्थानीय स्तरमा क्रिकेट खेलाडी उत्पादन गर्न अन्तर विद्यालय क्रिकेट प्रतियोगिता गर्दै आइरहेका छन् । 

विजयी टिमलाई जनकपुरधामका मेयर मनोज कुमार साहले शिल्ड तथा प्रमाणपत्र वितरण गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button