तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय लिग फुटबल : लालीगुराँस विजयी

काठमाडौँ । राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा मोफसलको लालीगुराँस एशोसिएसन क्लबले जावलाखेल युथ क्लबलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा पोखराको लालीगुराँस क्लबले  ‘ए’ डिभिजन लिग क्लब जावलाखेल युथलाई १–० ले गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । 

लालीगुराँसका लागि राज भुसालले निर्णायक गोल गरे । उनले खेल सुरुआती दोस्रो मिनेटमा गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे । यस जितसँगै लालीगुराँसले शीर्ष तीन अङ्क बटुलेको छ । त्यसैगरी सोही मैदानमा आजै भएको अर्को खेलमा सातदोबाटोे युथ क्लब र सङ्कटा एफसीसँगबीचको खेल गोलरहित बराबरी सकिएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा हिजो बुधबारदेखि सुरुआत भएको उक्त प्रतियोगितामा विभिन्न १७ टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button