तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कार्कीद्वारा मकर सङ्क्रान्तिको शुभकामना

काठमाडौँ। प्रधानमन्त्री सुशीलाका कार्कीले मकर सङ्क्रान्ति, माघी तथा माघे सकरातीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री कार्कीले माघ १ गते मनाइने माघी, मकर सङ्क्रान्ति र माघे सकराती नाम फरक भए पनि यसको आत्मा एउटै रहेको उल्लेख गर्नुभएको छ। उहाँले यी पर्वहरूले नेपाली समाजमा प्रेम, सद्भाव, सहिष्णुता र एकताको भावना मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री कार्कीले वर्तमान अवस्थामा नेपालीबीच अझ बढी एकता, सद्भाव र आपसी विश्वासको खाँचो रहेको उल्लेख गर्नुहुँदै यस पर्वले सबैलाई एकताबद्ध भई शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button